निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी सेनालाई सहयोग पुर्‍याएकोमा सञ्चारको प्रशंसा

प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार ०६:५८


काठमाडौं, चैत्र १० ।
नेपाली सेनाले सहायक रथी झङ्करबहादुर कडायतलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लाग्नुभएकाले नेपाली सेनाले विशेष फौज (१० नं. बाहिनी) का बाहिनीपति कडायतलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

नेपाली सेनामा ३५ वर्ष सेवा पुर्‍याउनुभएका कार्कीले डेढ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । बाहिनीपति कडायतले भारतमा सैनिक सहचारीको जिम्मेवारी निभाएका थियो भने पाकिस्तानबाट एनडीसी कोर्ष गरेका हुन् ।

सैनिक मुख्यालयमा बुधबार साँझ आयोजित एक समारोहमा सेवानिवृत्त हुन लाग्नुभएका मानार्थ उपरथी कार्कीले निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी नेपाली सेनाको सङ्गठनलाई सहयोग पुर्‍याएको भनी सञ्चार क्षेत्रको प्रशंसा गरेका छन् ।

प्रवक्ताको जिम्मेवारी सम्हाल्न लाग्नुभएका कडायतले विगतमा झैँ नेपाली सेनाको सङ्गठनको श्रीवृद्धिमा सञ्चार क्षेत्रबाट उल्लेखनीय सहयोग हुने विश्वास व्यक्त गरे ।

सोही समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....