‘बोआओ सम्मेलन’मा सहभागीता जनाउन प्रधानमन्त्री दाहाल चीन भ्रमणमा

प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार १३:१७


काठमाडौं, चैत्र १० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा पूर्व प्रधानमन्त्री र विज्ञहरूलाई बोलाएर आफ्नो आसन्न चीन भ्रमणमा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने विषयमा छलफल गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरूसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन् । प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदैै त्यसक्रममा उच्च स्तरीय भेटघाट र छलफल हुने बताएका हुन् ।

उनले आफ्नो चीन भ्रमण मुख्यतयाः सद्भावना भ्रमण भएको जानकारी दिँदै यसक्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र विज्ञ ज्यूका सुझाव लिदैं धेरै फलदायी रहेको भन्दै सुझावका लागि आभार व्यक्त गरेका छन् । उक्त छलफलमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरू टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले आफ्ना महत्वपूर्ण सुझाव राखेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....