औपचारिक भ्रमणमा आएका चीनियाँ रक्षामन्त्री र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार १७:४८


काठमाडौं, चैत्र १० ।
नेपालको तीन दिनको औपचारिक भ्रमणमा आएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका छन् ।

भेटमा प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्दै आएको विषय प्रष्ट पारेका छन् । चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको प्रधानमन्त्रीले बताए ।

नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनीया सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगप्रति आभार व्यक्त गरेका छन् । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्बन्धप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका छन् भने प्रधानमन्त्रीले रक्षामन्त्री चाङको नेपाल भ्रमण पूर्ण सफलताको कामना गरेका छन् ।

भेटका अवसरमा रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्रीको आजदेखि हुन लागेको चीन भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सद्भाव र आत्मीय सम्बन्धप्रति आभार व्यक्त गरे । उनले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद दिँदै वान वेल्ट वान रोडमा सहभागिताका लागि पनि धन्यवाद व्यक्त गरेका छन् ।

नेपालको विकास र अन्य आवश्यकताका लागि चीनले सधै नगिचबाट सहयोग गर्ने बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....