अबको दश महिनाभित्र वागमती यसरी हुँदैछ ढलमुक्त

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार ०८:३४


काठमाडौं, चैत्र ११ ।
गएको शनिबार भव्य कार्यक्रम र र्‍याली निकाल्दै सफलतापूर्वक ‘वागमती सफाई महाअभियान’ २०० औँ हप्ता पूरा गर्न सफल भएको छ ।

निरन्तर सफाई अभियान र स्थानीयहरूको निष्पक्ष समर्थनले गर्दा आज सो अभियान यहाँसम्म आइपुगेको हो । यसैबीच, अबको १० महिनाभित्र वागमती नदी ढलमुक्त हुने भएको छ । नदीको दुबै किनारामा निर्माण भइरहेको ढल सञ्चालन गरिएपछि नदीको पानी प्रदूषित हुनबाट रोकिने भएको हो ।

गोकर्णदेखि बल्खु पुलसम्म ढल सञ्चालनमा आइसकेको र आगामी वर्ष बल्खु पुलदेखि सुन्दरीघाटसम्म ढल सञ्चालनमा आएपछि वागमती पूर्ण रूपमा ढलमुक्त हुने अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको वाग्मती ढल सुधार आयोजनाका उपप्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए ।

उनकाअनुसार पशुपति क्षेत्र ढल बिछ्याइएको छैन । त्यस्तै, शङ्खमूल, कालमोचन, टेकु पचली जस्ता पुरातात्विक स्थलमा ढल बिछ्याउन नपाइने भएकाले सो क्षेत्रमा एकतर्फी मात्र बिछ्याइएको पनि उपप्रमुख चित्रकारले बताए ।

वागमती नदीको कूल कार्य क्षेत्रको लम्बाई २८ किलोमिटर (उपत्यकाभित्र) मध्ये सुन्दरीजलदेखि सुन्दरीघाट खण्डअन्तर्गत २२ किमि निर्माण सम्पन भइसकेको उनले बताए । वागमतीबाट निस्केको ढललाई व्यवस्थित गर्न गुह्येश्वरीमा एक करोड लिटर प्रतिदिन र एक सय ९० लिटरप्रति सेकेण्ड कार्य क्षमता भएको ढल प्रशोधन केन्द्र निर्माण भइरहेको चित्रकारले जानकारी दिए ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले ढल निर्माण, नदी नियन्त्रण, नदीको धार परिवर्तन र बाटो निर्माण, हरियाली क्षेत्र विकास कार्यक्रम तथा नदीको वातावरणीय सुधार कार्य गर्दै आएको छ । वागमती नदीमा हालसम्म सडक निर्माण ११ दशमलव ०५ किमि तथा नदी नियन्त्रण ३१ दशमलव ९४ किमि काम भएको छ ।

गोकर्णदेखि गुह्येश्वरी, तिलगङ्गादेखि सिनामङ्गल गैर्‍हीगाउँ, सिनामङ्गल गौरीगाउँदेखि मीनभवन, मीनभवनदेखि शङ्खमूल खण्डमा, शङ्खमूलदेखि थापाथली खण्डमा, थापाथलीदेखि बिष्णुमती दोभान खण्डमा र बिष्णुमती दोभानदेखि सुन्दरीघाट खण्ड गरी जम्मा सात खण्डमा ठेक्का भएको छ । ठेक्काअनुसार जम्मा दुई अर्ब ७८ करोड रुपैयाँ बराबरको कामका लागि सम्झौता भएको छ । आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्म दुई अर्ब २४ करोड रुपैयाँ खर्च भएको चित्रकारले बताए ।

वागमती नदी सरसफाई महाअभियान सुरु भएपछि नदीबाट सङ्कलित फोहोर करिब आठ हजार मेट्रिक टन (२००औँ हप्तासम्म) निकालिएको वागमती नदी सरसफाई महाअभियानकर्ता सन्तोष श्रेष्ठले जानकारी दिए ।
आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....