प्रधानमन्त्री दाहालको साताव्यापी भ्रमणमा आज चीनका उपप्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं, चैत्र ११ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको छ दिने चीन भ्रमणका क्रममा आज चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने छन् । १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै एसियाका लागि बोआओ मच्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन चीन प्रस्थान गरेका प्रधानमन्त्रीले त्यहाँ रहदाँ विभिन्न भेटवार्तामा सहभागी हुने कार्यक्रम रहेको छ ।
उपप्रधानमन्त्री झाङ गाउलीसँगको भेटघाटमा दुई देशबीचको आपसी सद्भावलाई बलियो बनाउने बारेमा छलफल हुनेछ । त्यस्तै प्रधानमन्त्रीले भोली १२ गते मञ्च उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै, १३ गते ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रममा दुई देशबीच पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवं विस्तार गर्ने विषयमा छलफल हुने जनाएको छ । प्रधानमन्त्री दाहाल यही चैत्र १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया