एसइई परीक्षामा सामेल विद्यार्थीहरूलाई चन्द्रागिरीको सुनौलो अवसर

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार १४:२८


काठमाडौं, चैत्र ११ ।
यस वर्ष माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा सामेल भएका विद्यार्थीहरूका लागि चन्द्रागिरी हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरी केबलकारमा विशेष छुटको व्यवस्था गरिएको छ ।

सो कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस वर्ष एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरूलाई लक्षित गर्दै केबलकार चढ्ने सुनौलो अवसर प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिअनुसार एसईई परीक्षा दिएका विद्यार्थीहरूले तीन सय रुपैयाँमा केबलकार चढ्न पाउने छन् । यो अवधि यहीँ चैत्र मसान्तसम्म मात्र कायम गरिएको छ । छुट नपाउनेहरूले भने चन्द्रागिरी केबलकारको टिकटको सात सय रुपैयाँ नै तिर्नु पर्ने छ ।

छुट सुविधा लिनका लागि परीक्षार्थीहरूले परीक्षाको प्रवेश पत्र अनिवार्य रूपमा साथमा ल्याउनु पर्ने र छुटअन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउण्टरमा मात्र उपलब्ध हुने चन्द्रागिरी हिल्सले जनाएको छ । यो छुट सुविधा लिने परीक्षार्थीहरूले अन्य छुट पाउने छैनन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा रहेको चन्द्रागिरी डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडले कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यू टावरमा रहेको दुर्बिनबाट सगरमाथालगायत अन्य हिमश्रृंखलाको समेत दृश्यावलोकन गर्न सकिनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....