कोटेश्वरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार १८:१२


काठमाडौं, चैत्र ११ ।
राजधानीको अति व्यस्त सडक कोटेश्वरस्थित भूमि भैरब मन्दिरनजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

एउटै दिशातर्फ गइरहेको बा. ५३ प ५४२६ र बा. ६० प ९४९६ नम्बरको दुई वटै पल्सर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी बा. ६० प ९४९६ नम्बरका मोटरसाइकल चालक भत्सल मोरको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले चलाएको मोटरसाइकलको पछाडि सवार रहेकी युवती आस्मा सिंह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको पनि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यसैगरी, अर्को मोटरसाइकलमा रहेका सुमन कडरिया र शुभेक्षा खत्री भने सामान्य घाइते भएका छन् । उनीहरू दुबै जनाको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

दुर्घटनामा परेको दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....