त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा डलर र आईसीसहित भिक्षुणीहरू पक्राउ

काठमाडौं, चैत्र ११ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चार जना भिक्षुणी अमेरिकन डलर र भारतीय मुद्रासहित पक्राउ परेका छन् ।
थाई एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीले झोलामा बोकेको दुई लाख ८६ हजार अमेरिकी डलर प्रहरीले बरामद गरेको जनाएको छ ।
ती भिक्षुणीहरूको झोलामा शंकास्पद देखिएपछि चेक गर्दा सो परिमाणमा डलर बरामद भएको विमानस्थलका डीआईजी पंकज श्रेष्ठले जानकारी दिए ।
उनीहरूको साथबाट दुई लाख ८६ हजार डलर र दुई लाख ६८ हजार भारतीय मुद्रा भेटिएको हो । नेपालमा यति ठूलो परिमाणमा डलरको ओसार–पसार गर्ने कार्य अबैध छ । घटनालाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया