प्रधानमन्त्री दाहालले आज बोआओ सम्मेलनमा सम्बोधन गर्दै

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार १०:५८


काठमाडौं, चैत्र १२ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज बोआओ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । बिहीबार राति चीन प्रस्थान गरेका प्रम दाहालले बोआओ सम्मेलनलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भोलि बोआओबाट बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । पर्सि चीनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने तय गरिएको छ ।

प्रधानमन्त्री दाहालले हिजो चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँग छलफल गरेका थिए । भेटमा चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ (ओबर) अवधारणामा नेपालले साझेदारी गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीको सचिवालयकाअनुसार प्रम दाहाल र चीनियाँ उपप्रधानमन्त्रीबीच भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धबारे छलफल भएको थियो । प्रधानमन्त्री दाहाल चीनको हाईनानमा भइरहेको ‘बोआओ फोरम फलर एशिया’ सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहालले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संविधान निर्माणमार्फत संस्थागत गरिएको र अहिले स्थानीय तहको चुनाव हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायित्व हासिल गर्ने बाटोमा नेपाल अघि बढेको बताए । प्रधानमन्त्रीले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल सेवा विस्तार, ऊर्जा सञ्चालनको निर्माण, ट्रान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोलियम पदाथको भण्डारण, प्रशारण लाईन, विशेष आर्थिक क्षेत्रसहितका विभिन्न विषयमा दुई पक्षीय सहमति जरुरी रहेको बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....