मन्त्री मेहताको भनाई : संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार ०६:४५


इनरुवा, चैत्र १३ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम मेहताले संविधान कार्यान्वयनका लागि निर्वाचन अति आवश्यक रहेकोमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गढी गाउँपालिका सुनसरीले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि मात्रै विकास निर्माणले गति लिने र जारी भएको संविधानसमेत कार्यान्वयन हुने भएकाले स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको उनको जोड थियो ।

राज्यमन्त्री मेहताले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने र निर्वाचनपश्चात् जनताले चाहेअनुरूपको विकास हुनेसमेत बताए ।

वर्तमान सरकारले मधेशवादी दललाई समेत सहमतिमा ल्याउनका लागि पहल र प्रयास गरिरहेकाले सबैको सहभागितामा स्थानीय निकायको निर्वाचन हुने उनले उल्लेख गरे ।

अबको स्थानीय तहको निर्वाचनमा सबै तहमा नेपाली कांग्रेसले जित्नुपर्ने धारणा राख्दै राज्यमन्त्री मेहताले कांग्रेसका पक्षमा बहुमत जुटाउन लागि पर्न सबै नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....