मुख्यमन्त्री केजरीवाल गाली बेइज्जतीसम्बन्धी मुद्दामा अदालत धाउँदै

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार ०९:५९


एजेन्सी, चैत्र १३ ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहित उनको पार्टी आम आदमीका पाँच जना नेतालाई भारतीय अर्थमन्त्री अरुण जेट्लीले दर्ता गरेको गाली बेइज्जतीसम्बन्धी मुद्दामा उपस्थित हुन आदेश जारी गरेको छ ।

दिल्ली महानगरपालिकाका प्रमुख दण्डाधिकारी (म्याजिस्ट्रेट) सुमित दासले सो पार्टीका प्रमुख नेता केजरीवालसहित आरोपित सबैले उक्त मुद्दामा उपस्थित हुन आग्रह गरिएको बताए । सो मुद्दामाथी कारबाही भने मे २० पछि सुरु हुनेछ ।

अदालतमा उपस्थित हुन बोलाइएका केजरीवालसहित आशुतोष, कुमार विश्वास, सञ्जय सिंह, राघव चड्ढा र दीपक पाजपेयी रहेका छन् ।

उनीहरूमाथीको आरोपलाई अदालतले सही ठहर गरेमा सबै जनाले बढीमा दुई वर्षसम्मको जेल सजाँय हुन सक्नेछ । केजरीवालसहितका आम आदमी पार्टीका नेताहरूले भारतीय अर्थमन्त्री जेट्ली दिल्ली क्रिकेट सङ्गठनका अध्यक्ष भएको (सन् २०००–२०१२) को समयमा आर्थिक अनियमितता गरेको आरोप लगाएको भन्दै दुई वर्ष पहिले मुद्दा दर्ता भएको थियो ।

जेट्लीले आम आदमी पार्टीका नेताहरूले आफूमाथी झूटो तथा विद्वेषपूर्ण लाञ्छना लगाउँदै आफ्नो बेइज्जत गर्ने अभियानमा संलग्न भएको भन्दै यसबाट आफू र आफ्नो परिवारको इज्जतमा अपूरणीय दाग लागेको भनी मुद्दा दायर गरेको थियो ।

सन् २०१५ को विधानसभा निर्वाचनमा पूर्वसरकारी कर्मचारी केजरीवालको दलले बहुमतका साथ नेतृत्वमा पुगेको थियो । केजरीवाललाई भारतीय राजनीतिमा आफ्ना विरोधीविरुद्ध बिना आधार दोषारोपण गर्ने गरेको आरोप लाग्ने गरेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

काठमाडाैंकाे बालाजु औद्योगिक क्षेत्रस्थित गोदावरी प्लास्टिक प्रिन्टिङ प्रेसमा लागेकाे आगलागी नियन्त्रणमा

काठमाडाैं, चैत ३० । काठमाडौं महानगरपालिकाको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज शनिबार भएको.....