कांग्रेस नेता खड्काद्वारा हिन्दू राष्ट्र कायमसम्बन्धी प्रस्ताव दर्ता

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार १३:३८


काठमाडौं, चैत्र १३ ।
कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दू राष्ट्र बनाउनेबारे जनमत संग्रहबाट टुंगो लगाउन माग गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा डा. शेखर कोइराला र खुमबहादुर खड्काले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् । खड्काले धर्मनिरपेक्ष खारेज गरी नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्ने बारेमा विधिवत प्रस्ताव दर्ता गराएका हुन् ।

संविधानसभाबाट संविधान जारी भइसकेपछि पनि मुलुकमा स्थायित्व र शान्ति प्राप्त गर्न नसकी अन्यौल र अराजकता कायम रहेकाले देशलाई निकास दिन कांग्रेसले ऐतिहासिक कदम चाल्न ध्यानाकर्षण गराएका छन् ।

कोइरालाको प्रस्तावमा भने एमालेलाई हेर्ने कांग्रेसको दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने र पार्टीलाई संस्थागत संरचनाबाट सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....