वातावरण चुनावमय बन्दै गर्दा विप्लवले ल्यायो यस्तो कार्यक्रम

काठमाडौं, चैत्र १३ ।
आउँदो बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकार तत्परताका साथ लागि परेकै बेला सत्ता बाहिर रहेको नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टीले त्यसको विरोध स्वरूप अहिले ठाउँ–ठाउँमा पोष्टर टाँस्दै चुनाव बहिष्कारको आव्हान गरेको छ ।
उसले ‘कथित स्थानीय चुनाव खारेज गरौँ । शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापना गरौँ’ लेखिएको पोष्टर राजधानीका विभिन्न स्थानमा टाँस्ने कार्यलाई तीब्रता दिएको छ ।
राजधानीका भित्ता भित्तामा टाँसिएको उक्त पोष्टरमा मटपेटिकामा आगो लगाईएको चित्र अङ्कित रहेको छ ।
विप्लव माओवादीद्वारा राजधानीका विभिन्न स्थानमा टाँसिएको उक्त पोष्टरले जनमानसमा एक किसिमको डरसमेत पैदा गरिदिएको छ । अर्कोतर्फ, मधेशी मोर्चा, संघीय समाजवादलगायत पार्टीले पनि चुनाव विरोधी विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिने कसरत भइरहँदा विप्लवद्वारा टाँसिएको पोष्टरले थप तनाव श्रृजना हुने अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया