सङ्घीय समाजवाद सिंहदरबार हल्लाउने नेपाली क्रान्तिको सिद्धान्त : नेता श्रेष्ठ

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार १८:१२


काठमाडौं, चैत्र १३ ।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय जनमुक्ति पार्टीको काभ्रे जिल्ला समिति संघीय समाजवादी फोरममा समाहित भएको अवसरमा बनेपा नगरपालिकास्थित नासिकास्थानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली क्रान्तिको मौलिक सिद्धान्त संघीय समाजवाद देशैभरी लोकप्रिय बन्दै गएको बताउँदै यस पार्टी र यसले लिएको सिद्धान्त संघीय समाजवाद सिंहदरबार हल्लाउने नेपाली क्रान्तिको सिद्धान्त बनिसकेको बताएका छन् ।

सुनौलो अक्षरले इतिहास लेखिएको भए तापनि वर्तमानमा केही गर्न नसकेका पार्टीहरू हिङ नभएको टालो जस्तै भएकाले ढिलो चाँडो पहिचान पक्षधर सबै पार्टीहरू ससफो, नेपालमा समाहित हुनेछ । राष्ट्रिय जनमुक्ति पार्टी, काभ्रेको यो निर्णयले देश विदेश सबै ठाउँमा एकताको लहर ल्याउने उनले बताए ।

ससफो, नेपाल काभ्रे क्षेत्र नं. ३ का अध्यक्ष कमल तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पार्टीका सहअध्यक्ष श्रेष्ठले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरूलाई स्वागत गर्दै जन–आन्दोलनको बलबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू समाप्त गर्न एमालेलगायतका यथास्थितिवादी र प्रतिगामी पार्टीहरू लागी परेको बताउँदै आन्दोलनका उपलब्धिहरू बचाउन पुनः सडकमा उत्रन बाध्य भएको बताए ।

सङ्घीयताको मूल्य र मान्यता विपरीत एकात्मकतावादी सोच राखेर जबर्जस्ती घोषणा गरिएको स्थानीय निर्वाचनको विरुद्ध सङ्घीय गठबन्धनले घोषणा गरेको जनअवज्ञा तथा असहयोग आन्दोलन सफल पार्न आग्रह गर्दै उनले भने ‘यस आन्दोलनले सङ्घीय व्यवस्थामा प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निर्वाचन केन्द्रले नै गर्ने सरकारी निर्णयको हर तरहले अवज्ञा गर्ने, असहयोग गर्ने र हुन नदिन जन–परिचालन गर्ने काम गरिने छ । यो आन्दोलन सबै उत्पीडित समुदायको संयुक्त राष्ट्रिय आन्दोलन रहेको उनको भनाई थियो ।

काभ्रे जिल्ला सदस्य राजेन्द्र खड्गीले उद्घोषण र तेन सिं लामाले स्वागत गरेको उक्त कार्यक्रमका अन्य अतिथिहरूमा केन्द्रीय सदस्य तथा पार्टीका काभ्रे इञ्चार्ज उत्तम लामा, वैकल्पिक केन्द्रीय सदस्य सिंहबहादुर तामाङ, ताम्सालिङ प्रदेश समिति उपाध्यक्ष आशमान तामाङ, जिल्ला सचिव रहर सिं तामाङलगायतले वर्तमान जनअवज्ञा तथा असहयोग आन्दोलनमा सहभागी हुन सबैमा आग्रहसमेत गरे ।

पार्टीमा समाहित भएकाहरूको तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष वीरबहादुर तामाङ र उपाध्यक्ष चेतबहादुर विश्वकर्माले राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्व एकीकरणको पक्षमा नभएको र परिवर्तित परिस्थितिमा पार्टीलाई नयाँ ढङ्गले अगाडी बढाउन पनि नसकेको हुँदा नेपाली जनताको हितका लागि सङ्घीय समाजवादी सिद्धान्तलाई आत्मसात गरी पार्टीमा एकीकृत भएको बताउँदै देशैभरीका पहिचान र सङ्घीयताका पक्षधर नेता कार्यकर्ताहरूलाई ससफो, नेपालको झण्डामुनी गोलबन्द हुन गरे ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....