चुनाव चिन्हले निम्त्यायो राप्रपामा विवाद, एकीकरणको वर्षगाँठ पूरा नहुँदै नयाँ पार्टी गठन

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार ०९:२८


काठमाडौं, चैत्र १४ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल दुईबीच एकीकरण भएको एक वर्ष नहुँदै राप्रपामा पुनः विवाद चुलिएसँगै नयाँ पार्टीको घोषणा भएको छ ।

राप्रपामा असन्तुष्ट समूहको आइतबार बसेको भेलाले डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत गठन गरेको छ भने पार्टीको नाम एकीकृत राप्रपा राखिएको छ । हाललाई चुनाव चिन्ह भने पुरानै कायम गरिएको छ । चुनाव चिन्ह हलो की गाई ? भन्ने विवादका कारण राप्रपा टुक्रिएको हो ।

डा. लोहनी नेतृत्वको राप्रपाले चुनाव चिन्ह हलो कायम गरेको छ । तर निर्वाचन आयोगले निर्णय गर्न भने बाँकी नै रहेको छ । नवगठित राप्रपाका केन्द्रीय सदस्य तथा प्रेस संयोजक महेश्वर रोकायकाअनुसार बुधबार साँझ १० बजेदेखि १२ बजेसम्मको शुभ साईतमा निर्वाचन आयोगमा गएर पार्टीलाई विधिवत् रूपमा दर्ता गर्ने तयारी रहेको छ ।

नवगठित राप्रपामा केशरबहादुर बिष्ट, गणेश शेरचन, सगुन लावती, बालकृष्ण न्यौपाने, दिलविकास राजभण्डारीलगायतका समूह पनि समेटिएका छन् । स्थानीय तहको निर्वाचन नजिक आइसकेको र टिकट नपाउने जति नवगठित राप्रपामा जान सक्ने सम्भावनाका कारण कमल थापाले नयाँ रणनीति अवलम्बन गरेका छन् ।

पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दलाई कुनै हालतमा पनि नवगठित राप्रपामा जान नदिने रणनीति कमल थापाको छ ।

यसका लागि उनले पशुपति शमशेर राणाकी छोरी देवयानी राणालाई केन्द्रीय सदस्य मनोनीत गरेर उपसभापतिको जिम्मेवारी दिने आश्वासन दिएका छन् भने लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा अरुणलाई केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....