मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी नायब निरीक्षक राजबंशीको मृत्यु

काठमाडाैं, जेठ २५ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका-३ सानो केर्खास्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार ईलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र. १-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । खड्काकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया