प्रधानमन्त्री दाहाल चीनको गेट वेका रूपमा रहेको छेङ्दुमा

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार ०६:५०


काठमाडौं, चैत्र १५ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार छेङ्दु पुगेका छन् । चीनियाँ राष्ट्रपति सी जिङपिङसँग सोमबार अपरान्ह भएको भेटवार्तापछि प्रधानमन्त्री दाहाल पश्चिम चीनको गेट वेका रूपमा रहेको छेङ्दु पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल छेङ्दुबाट आज ल्हासा पुग्ने कार्यक्रम रहेको छ । ल्हासामा चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख तथा उच्च सरकारी अधिकारी र चीनियाँ कम्युनिष्ट पार्टीका नेतासँग उनको भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए ।

ल्हासाबाट प्रधानमन्त्री दाहाल भोलि बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम तय गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....