टाटा मोबाइलले ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी ड्राईभर सिकिस्त

काठमाडौं, चैत्र १५ ।
काठमाडौंको खुसिबुँस्थित कालधारा १७ वडामा आज बिहान करिब ९ बजे कुखुरा लोड गरेर ल्याएको बा. १३ च ८३८५ नम्बरको टाटा मोबाइलले पार्किङ गरिराखेको बा. १ ज ५३४७ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी ड्राईभर गम्भीर घाइते भएका छन् ।
हाम्रा संवाददाता उदय शिलाकारले दिएको जानकारीअनुसार ट्याक्सी ड्राईभर पार्किङ स्थलमा ढोका खोलेर ट्याक्सी पुछ्दै गर्दा पछाडिबाट तीब्र गतिमा आएको टाटा मोबाइलले ठक्कर दिँदा ट्याक्सी ड्राईभर १० मिटर परसम्म उछिटिएर पेटीमा आलु बेच्दै गरेका व्यक्तिसम्म पुगेको र त्यहाँ ड्राईभरको रगतले रक्ताम्य भएको जनाएको छ ।
स्थानीयबासीले जनाएअनुसार ड्राईभर सिकिस्त अवस्थामा रहेको र उनको उपचारका लागि अस्पताल लगिएको जनाएको छ ।
प्रतिक्रिया