नयाँ शक्ति पार्टीबाट निष्काशनमा परेकाहरूले भोलि राष्ट्रिय भेला गर्दै

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार १३:५३


भक्तपुर, चैत्र १५ ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विदेशीको इशारामा स्थानीय तहको निर्वाचनको विरोध गर्दै मधेशवादी दलहरूको लाइनमा गएर अन्ततः स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीसँगको सहकार्य गर्ने भएपछि आफूहरूले त्यसको विरोध गर्दा पार्टीले निष्काशन गरेको बताएका छन् ।

रफत सञ्चार क्लबमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भट्टराईले डा. बाबुरामले मधेशी मोर्चाका एजेण्डा बोक्ने र जातीय क्षेत्रीय राज्यलाई पहिलो प्राथमिकता दिँदै भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने डा. बाबुरामकोे कार्यशैलीको आफूहरूले गरेको विरोधकै कारण आफूहरूलाई सो पार्टीबाट निष्काशन गरेको बताए ।

उनले नयाँ शक्तिको समानान्तर राष्ट्रिय भेला भोलि बुधबार भक्तपुरमा आयोजना गर्न लागेको जानकारी गराउँदै उनले राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका करिब एक हजार प्रतिनिधि आउने बताएका छन् । आगामी बैशाख ३१ गते हुन गइरहेको निर्वाचनमा आफूहरूले भाग लिने जानकारीसमेत उनले दिए ।

सम्मेलनमा नयाँ शक्ति केन्द्रीय परिषद्का सदस्यहरू सहदेव न्यौपाने, अशोक ढुङ्गेल, मुनिन्द्र बस्नेत र रामराज मगरातीले पार्टीको सामान्य सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....