निर्वाचनका लागि आवश्यक सामग्री सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार १८:२२


काठमाडौँ, चैत्र १५ ।
उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीसँग आज भएको भेटमा नेपालमा हुने आगामी स्थानीय निर्वाचनका लागि आवश्यक सामग्री सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएको छ ।

गृह मन्त्रालयमा आज अपराह्न भएको भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

राजदूत पुरीले नेपालको संविधानसभा निर्वाचनका बेला पनि भारत सरकारले निर्वाचन सामग्री सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गरिने विश्वास दिलाउनुभयो । उहाँले नेपाल–भारतबीचको शदियौँ पुरानो घनिष्ठ सम्बन्ध आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....