प्रम दाहाल चीन भ्रमणबाट आज स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार १२:४२


काठमाडौं, चैत्र १६ ।
छ दिने चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । चीनमा आयोजित बोआओ सम्मेलनमा सहभागिता जनाएर आज स्वदेश फर्केका हुन् ।

भ्रमणका क्रममा उनले चीनियाँ राष्ट्रपति, उपप्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए । चीनियाँ राष्ट्रपतिसँगको भेटका क्रममा प्रम दाहालले चीनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका सुचारु गर्न आग्रह गरेको कुराको जानकारी गराए ।

सोमबार बेइजिङमा चीनियाँ राष्ट्रपतिको भेटपछि प्रम दाहालले मंगलबार तिब्बतका चीनियाँ कम्युनिष्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गरेका थिए । सोही क्रममा वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी गराए ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बोआओ सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाली भ्रमण टोलीले चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली उच्चस्तरीय टोली यहीँ चैत्र १० गते चीन प्रस्थान गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....