कमल थापासँग अलग्गिएर डा. लोहनीले खोले नयाँ पार्टी

काठमाडौं, चैत्र १६ ।
उपप्रधानमन्त्री एवं राप्रपा पार्टीका अध्यक्ष कमल थापासँग चुनाव चिन्हको विषयलाई विवाद बनाएर केही दिन अगाडि राप्रपा छाडेका नेता डा. प्रकाशचन्द्र लोहनीले आफ्नै नेतृत्वमा नयाँ पार्टीको घोषणा गरेका छन् । काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी उनले नयाँ पार्टी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को घोषणा गरेका हुन् ।
राष्ट्रिय एकता, समुन्नत मुलुक, हिन्दू राष्ट्र र राजतन्त्रलाई एजेण्डा बनाउँदै उनले नयाँ पार्टी गठन गरेको घोषणा गरेका हुन् । संवैधानिक राजतन्त्रले मात्रै मुलुकको एकता कायम गर्न सक्ने भन्दै एकीकृत राप्रपा संवैधानिक राजतन्त्र, सनातन हिन्दू राष्ट्रप्रति प्रतिबद्ध रहने उनले घोषणा सभामा बताए ।
एकीकृत राप्रपाले आजै निर्वाचन आयोगमा पुगेर दर्ता प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ ।
प्रतिक्रिया