नेता खनालको भनाई ‘संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन अत्यावश्यक’

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार १८:५७


बर्दिवास, चैत्र १६ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि पनि निर्वाचन सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेकोमा जोड दिएका छन् ।

महोत्तरीको बर्दिबासमा आज एमाले प्रदेश नम्बर २ द्वारा आयोजित भेलाको उद्घाटन गर्दै उनले सफल निर्वाचनले मात्र लोकतान्त्रिक संविधानलाई संस्थागत र सुदृढ बनाउने धारणा व्यक्त गरे ।

उनले संविधान संशोधन नभई संविधान कार्यान्वयनको आवश्यकता रहेकोमा समेत जोड दिए ।

कार्यक्रममा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले मधेशी मोर्चाले आफ्नो दलका शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्ने, जनधनको क्षति गराउने फाँशिष्ट शैली अपनाएका र सत्ता साझेदार कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यसको साक्षी बस्ने गरेको आरोप लगाएका छन् ।

महासचिव ईश्वर पोखरेलले अब आफ्नो दल मोर्चाको निषेधविरुद्ध शान्तिपूर्ण गतिविधि लिएर जनताको बीचमा जाने बताए ।

आजबाट सुरु भएको उक्त भेला बिहीबार समापन हुने प्रदेश नं. २ का सह–संयोजक नागेन्द्र चौधरीले जानकारी दिएका छन् । भेलामा आठ जिल्लाका दुई हजार अगुवा नेता कार्यकर्ताको सहभागी रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....