कर्मचारीलाई अप्ठेरो हुने गरी समायोजन मान्य छैन : अध्यक्ष देवकोटा

दाङ, चैत्र १७ ।
नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)का केन्द्रीय अध्यक्ष सुबोधकुमार देवकोटाले कर्मचारीको सहजताअनुसार नै कर्मचारी समायोजन हुने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) दाङले घोराहीमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले भने,, “कर्मचारीलाई अप्ठेरो पर्ने गरी हुने समायोजन हामीलाई मान्य हुँदैन ।”
कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्दा उच्च मनोबलका साथ सहज रूपमा जाने वातावरण सृजना गरिनुपर्ने उनको भनाई थियो । उनले कर्मचारीलाई पनि जनताको भावना बुझेर छिटोछरितो सेवा दिन आग्रहसमेत गरे ।
प्रतिक्रिया