बालुवाटारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

प्रकाशित मिति: १७ चैत्र २०७३, बिहीबार १०:३६


काठमाडौं, चैत्र १७ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिएका थिए ।

प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्बन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्बन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरेका छन् । राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....