तराईमा मधेशी मोर्चाले जनता भड्काउने काम गरेको नेता खनालको आरोप

चितवन, चैत्र १७ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताएको छ ।
पत्रकारसँगको कुराकानीमा उनले निर्वाचन तोकिएको समयमा हुन नदिन षड्यन्त्र भइरहेको र प्रचण्डको सरकारद्वारा निर्वाचन स्थगित गर्न कोशिस भइरहेको आरोप लगाउँदै उनले निर्वाचन गर्ने आँट सरकारको हुनुपर्ने कुरामा जोड दिएका थिए ।
नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयन गर्ने काम सुरु गरिसकेको भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेदवारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तोकिने उनले जानकारी दिएका छन् ।
फेरि तराईमा एमालेले कार्यक्रम गर्ने भन्दै उनले यसअघि मधेशी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताएका छन् ।
तराईमा मधेशी मोर्चाले जनता भड्काउने काम गरेको भन्दै आरोप लगाएका छन् । मधेशलाई संविधानले सम्बोधन गरेको बताए ।
प्रतिक्रिया