चुनाव चिन्ह विषयलाई लिएर साना दलको संयुक्त ज्ञापन

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार ०६:२९


काठमाडौं, चैत्र १८ ।
चुनाव चिन्हको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई साना दलहरूले बिहीबार संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहित विभिन्न साना दलले ज्ञापन बुझाएका हुन् । ज्ञापन पत्रमा संसद्मा रहेका दलले मात्र देशभर एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान हटाई आयोगमा दर्ता भएका सबै दललाई देशभर एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीले ऐनमा भएको व्यवस्था परिवर्तन गर्न संसद्मा बहुमत चाहिने र त्यसका लागि प्रमुख राजनीतिक दलहरूबीच समझदारी हुनुपर्ने भएकाले आफूले तुरुन्तै नेपाली कांग्रेस, नेकपा (एमाले)सहितका दलसँग छलफल गर्ने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....