गोरखा भूकम्पसम्बन्धी तस्वीर समावेश पुस्तकको लोकार्पण

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार १२:३१


ललितपुर, चैत्र १८ ।
नेपालमा गत २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त विभिन्न जिल्लाका भौतिक संरचनाहरू बारे विश्व समुदायलाई जानकारी गराउने हेतुले आज ललितपुरमा एक विशेष कार्यक्रमको आयोजना गरी गोरखा भूकम्पसम्बन्धी ‘The Gorkha Earthquake-2015’ अर्थात तस्वीरमा ‘गोरखा भूकम्प–२०७२’ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलद्वारा सार्वजनिक गरिएको छ ।

पुस्तक सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले यो पुस्तक प्रकाशनले नेपालमा लगानीको ठूलो अवसर रहेको बताउँदै देश विदेशमा रहेका लगानीकर्ताहरूलाई विश्व समुदायमा लोकप्रिय रहेको नेपालको ऐतिहासिक एवं भौतिक संरचना पुनःनिर्माणमा विदेशी तथा दातृ निकायहरूले लगानी गर्न थप टेवा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

सार्वजनिक गरिएको सो पुस्तकमा नेपालका विभिन्न जिल्लामा पुर्‍याएको क्षति र सो स्थानको परिचयसहित सम्झना स्वरूप जीवन्तता दिन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

पुस्तकमा भएका फोटोहरूले गएको भूकम्पको जीवन्त उदाहरण दिनुका साथसाथै भोलिका युवा पिढीहरूलाई नेपालको ऐतिहासिकताबारे जानकारी प्राप्त गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने सहभागी वक्ताहरूले धारणा व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....