कांग्रेस बैठक : स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रदेश स्तरीय आमसभा गर्ने

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार १८:३६


काठमाडौं, चैत्र १८ ।
सत्तारुढ दल नेपाली कांग्रेसले आउने आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रदेश स्तरीय आमसभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले सात वटै प्रदेशमा निर्वाचन केन्द्रित आमसभा गर्ने तयारी गरेको समिति सदस्य एवं वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले जानकारी दिएका छन् । बैठकले भेलाको मिति भने सभापति शेरबहादुर देउवासँग समन्वय गरेर तय गरिने भएको छ ।

बैठकले निर्वाचनमा पार्टीको प्रदेशदेखि टोलस्तरसम्म निर्वाचन परिचालन समिति बनाउन परिपत्र गर्ने र मुलुकभरबाट सूचना सङ्कलन तथा सम्प्रेषणका लागि पार्टी केन्द्रीय कार्यालयमा सशक्त सञ्चार केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।

बैठकले निर्वाचनका विषयमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाका साथै व्यावसायीसँग छलफल गर्ने निर्णय गरेको छ । समितिको आज बसेको पहिलो बैठकले समितिको कार्यविधि तय गर्नुका साथै निर्वाचनमा पार्टीको भूमिका सशक्त बनाउन सबै संरचना कसरी परिचालन गर्ने सम्बन्धमा छलफल भएको समिति सदस्य पुष्पा भुसालले जानकारी दिएकी छन् ।

पार्टीको मङ्गलबार सम्पन्न केन्द्रीय समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत र सुजाता कोइराला सदस्य छन् ।

त्यसैगरी, समिति सदस्यमा भुसाल, भण्डारी, दिलेन्द्रप्रसाद बडु, एनपी साउद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, नबिन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, रामकृष्ण यादव, हृदयराम थानी, विश्वप्रकाश शर्मा, रमेश लेखक, सरिता प्रसाईं, सूर्यमान गुरुङ र रोमी गौचन थकाली रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....