छ बुँदे मागसहित नयाँ शक्तिले देशभरका निर्वाचन आयोग र कार्यालयमा धर्ना

प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार ०९:०९


काठमाडौं, चैत्र २० ।
डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपालले आज देशभरका निर्वाचन आयोग र कार्यालयमा धर्ना दिने भएको छ ।

उसले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दबाब दिन आजदेखि सो धर्ना कार्यक्रम अघि सारेको हो । ऐनमा समावेश रहेको संसद्मा प्रतिनिधित्व गर्ने दललाई मात्र दलीय चुनाव चिन्ह दिन मिल्ने प्रावधानको विरोधमा उसले धर्ना कार्यक्रम अगाडि सारेको हो ।

ऐनअनुसार संसद्मा प्रतिनिधित्व नगर्ने दललाई निर्वाचन आयोगमा दर्ता भए तापनि दलीय चुनाव चिन्ह नपाउने र स्वतन्त्र रूपमा चुनाव लड्नुपर्ने प्रावधान रहेको छ ।

नयाँ शक्तिले अघि सारेको छ बुँदे माग यस्तो छ
१. संविधान संशोधनमार्फत थारू, मधेशी, आदिवासी जनजातिका मागको सम्बोधन

२. विशेष, संरक्षित र स्वायत्त क्षेत्रसहितको राज्यको अग्रगामी पुनर्संरचना

३. प्रभावकारी र निष्पक्ष निर्वाचनका लागि सबै राजनीतिक दल र शक्तिहरूको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार

४. स्वच्छ र प्रभावकारी निर्वाचनका लागि निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास

५. केन्द्र–प्रदेश–स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकै पटक तीन वटै निर्वाचन र

६. स्थायीत्व, विकास र समृद्धिका लागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिका ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....