डा. बाबुराम भट्टराई र सीपी गजुरेल पक्राउ

प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार १०:५३


काठमाडौं, चैत्र २० ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वैद्य माओवादीका नेता सीपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ ।

आज छ बुँदे मागसहित देशभरका निर्वाचन आयोग र कार्यालयमा धर्ना दिने क्रममा डा. भट्टराई र गजुरेललगायतलाई आज निर्वाचन आयोग अगाडिबाट पक्राउ गरेका हुन् ।

नयाँ शक्तिसहित विभिन्न ६४ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू दलीय चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा धर्ना दिन पुगेका हुन् । जुलससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालयतर्फ अघि बढ्दै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई प्रहरीले ट्रकमा राखेर प्रहरी २ नं. गण महाराजगञ्ज कार्यालयमा लगिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....