गर्मीयाम सुरु भएलगत्तै खानेपानीको समस्या

प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार १२:११


बैतडी, चैत्र २० ।
गर्मीयाम सुरु भएलगत्तै बैतडी लगायत नेपाल अभिराज्यभरि खानेपानीको समस्या बढ्दै गएको छ । बैतडी जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका–२ सलेना–६ मेलौलीमालगायतका क्षेत्रमा खानेपानीको समस्या देखिएको हो ।

गर्मी बढ्दै गएसँगै मुहानको पानी घट्दै जान थालेपछि खानेपानीको समस्या भएको स्थानीय मधु भट्टले बताएका छन् । भएका पुरानो खानेपानी आयोजना मर्मत सम्भार नहुँदा र जनसङ्ख्या वृद्धि हुँदै जादाँ समस्या भएको उनले बताएका छन् । ‘खानेपानी नहुँदा पानीकै लागि एक घन्टा टाढा जानुपर्ने भएको छ’ खानेपानीका लागि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको समेत उनले बताए ।

पानीको अभावमा शौचालय प्रयोग गर्न समेत समस्या भएको सलेना स्वास्थ्यचौकीका एक कर्मचारीले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....