मन्त्रिपरिषद्को बैठक बस्दै, आईजीपी नियुक्ति विषयमा छलफल गर्दै

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार ०८:५४


काठमाडौं, चैत्र २१ ।
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा स्थानीय तहको चुनावको तयारी र प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा छलफल हुनेछ । मधेशी मोर्चाले राखेको मागका विषयमा सरकारले गर्न सक्ने पहल, कानूनी प्रक्रियाको समीक्षा गरेर टुङ्गोमा पुगिने कानूनमन्त्री अजय शंकर नायकले जानकारी दिएका छन् ।

मन्त्री नायकले कानूनी प्रक्रियाअनुसार मोर्चाले राखेको माग र चुनाव चिन्हका विषयमा अरू दलले राखेको माग तत्काल सम्भव नभएको तर, मन्त्रिपरिषद्मा बाटो खोजिने बताए । आईजीपी नियुक्तिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हिजो छलफल भएको थियो ।

श्रोतकाअनुसार प्रहरी महानिरीक्षक नियुक्तिमा सकेसम्म जयबहादुर चन्द नभए तेश्रो वरियतामा रहेकालाई बनाउनेमा सहमति भएको छ । सरकारले डीआईजीपी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्ति गरेपछि अर्को दाबेदार डीआईजी नवराज सिलवालले रिट दायर गरेपछि सर्वोच्च अदालतले चन्दको नियुक्ति बदर गरेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....