बैशाख ३१ मै मुलुकभरी एक साथ चुनाव : मन्त्री थापा

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार १०:२६


पर्वत, चैत्र २१ ।
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आउँदो बैशाख ३१ गते नै मुलुकभरी एकसाथ चुनाव हुने बताएका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक चुनावमय भइसकेकाले अब कतै रोकिन्छ की वा पछि सर्छ की भनेर आशङ्का लिनुपर्ने ठाउँ नभएको उल्लेख बताए । उनले सात वटै प्रदेशमा बैशाख ३१ गते एकै चरणमा चुनाव हुने स्पष्ट पारे ।

मधेशवादीसँग समेत सहमतिको प्रयास अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनाव गर्नकै लागि आफू सरकारमा सामेल भएको उल्लेख गर्दै कतै चुनाव हुँदैन की भनेर विचलित नहुन आग्रहसमेत गरेका छन् ।

आगामी माघ ७ गतेभित्र तीन वटै तहको चुनाव गर्नुपर्ने संविधानले नै व्यवस्था गरेको बताउँदै उनले स्थानीय तहको चुनावपछि अन्य दुई वटा चुनाव गर्नका लागि पनि मार्ग प्रसस्त हुने प्रष्ट पारे ।

उनले चुनावमा उम्मेदवार चयन गर्नुभन्दा अघि प्रत्येक नेपालीको घर–घरमा पुग्न र जनताको माझमा राप्रपा भन्ने अभियानलाई सार्थकता दिन पनि कार्यकर्तालाई निर्देशन दिए ।

मन्त्री थापाले सङ्घीयताको कार्यान्वयनसँगै मुलुकमा ७४४ स्थानीय तहबाट जनताले सेवा सुविधा लिन थालेको बताउँदै स्थानीय चुनावपछि जनताले सरकारको प्रत्यक्ष अनुभूत गर्ने बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....