वातावरण चुनावमयतर्फ उन्मुख, तीन वर्षमा मतदाता नामावली थपिए उन्नाईस लाख, छपाई कार्य तीब्र

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार १२:०५


काठमाडौं, चैत्र २१ ।
निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाता कायम भएका छन् ।

वि.सं. २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रूपमा मान्यता प्रदान गरेको छ । आयोगकाअनुसार कूल मतदातामध्ये पुरुषको संख्या ७० लाख ६९ हजार सात सय १४ र महिला मतदाताको संख्या ६९ लाख ८४ हजार छ सय २५ रहेका छन् । त्यस्तै, एक सय ४३ जना तेश्रो लिङ्गी पहिचानका मतदाता छन् ।

आयोगकाअनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार आठ सय ७० छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता छन् । त्यसैगरी, काठमाडौंमा पाँच लाख ५९ हजार चार सय मतदाता छन् ।

स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको हिजो बसेको बैठकले मतदाताको अन्तिम नामावली टुंगो लगाएको हो । मतदाता नामावली टुंगो लगाएसँगै मतदाता परिचयपत्र छपाई कार्य पनि तीब्र रूपमा अगाडि बढेको छ ।

गत ९ फागुनसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था रहेको छ । अब मतदाताको नामावली ठाउँसारी हुने छैन । आयोगको कार्यतालिकाअनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाई गरी १० बैशाख २०७४ भित्र जिल्ला–जिल्लामा ढुवानी गरिसक्ने शर्माले जानकारी दिए ।

आयोगकाअनुसार तीन वर्षमै मतदाताको संख्या १९ लाख बढेको छ । २०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा मतदाता संख्या एक करोड २१ लाख ४७ हजार आठ सय ६५ थियो । मतदाताको नामावली ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले यसअघि नै निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ । काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं.....