काठमाडौंको सुन्धारमा नयाँ रेस्टुरेन्ट ‘पिस प्वाइन्ट फुडल्याण्ड‘

काठमाडौं, वैशाख २ ।
छनत काठमाडौंमा लाखौँ संख्यामा होटेल रेस्टुरेन्ट छन् तर सोचेखोजे जस्तो छैन त्यसैले यस्ता समस्यालाई ध्यानमा राखी युवाहरूको लगानीमा काठमाडौँको सुन्धारामा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ नामको रेस्टुराँन्ट सञ्चालन गरिएको छ ।
विजय क्षेत्रीसहितका युवाहरूले करीब रु. ८२ लाखको लगानीमा सो रेस्टुराँ सुरु गरेका हुन् । क्षेत्रीले सुन्धारामा रहेका रेस्टुराँभन्दा आफूहरूले फरक किसिमको स्तरीय र स्वादिलो खाना खुवाएर ग्राहकहरूलाई संतुष्टि दिने बताए ।
रेस्टुराँ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको छ ।‘पिस प्वाइन्ट फुडल्याण्ड’लाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया