ए मा लेमा तीन महिना बितिसक्दा पनि भागबण्डाकै सकस !

प्रकाशित मिति: ७ भाद्र २०७५, बिहीबार ०९:५५


काठमाडाैं, भाद्र ७ ।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा)भित्र पदीय भागबण्डाकाे छिनाेफानाे गर्न नसक्दा सांगठनिक एकता प्रक्रिया थप लम्बिँदै गएकाे छ ।

ने क पाले पार्टी एकीएकरणपछि केन्द्रीय सदस्यको संख्या टुंगो लगाए तापनि प्रदेश जिल्ला, नगरपालिका गाउँपालिकालगायत जनवर्गीय संगठनको एकीकरण प्रक्रिया टुंगो लगाउन भने सकेको छैन । जिल्ला कमिटी, प्रदेश कमिटीसहित तल्ला कमिटीमा रहने सदस्यहरूको संख्या र मापदण्ड बनाएको ने क पाले पार्टीभित्र गुट र उपगुटबीच भागबण्डा नमिल्दा थप पेचिलो भन्दै गएको छ ।

श्रावण २५ गतेभित्र कार्यदललाई नाम सिफारिस गर्न समयसीमा दिइए पनि काम नभएकाले श्रावण मसान्तसम्म पुनः कार्यदलको म्याद थपिएको थियो ।

ने क पाभित्र धेरै गुटको व्यवस्थापन गर्नुपर्ने भएकाले विशेषतः जिल्लाको नेतृत्व भागबण्डामा बढी विवाद रहेको छ । जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवको पदमा धेरै आकांक्षी देखिएपछि व्यवस्थापन गर्नको लागि धेरै समय लागेको ने क पाका एक नेताले बताए ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६०/४० को भागबण्डा गरेका पूर्व एमाले र पूर्व नेकपाबीच पार्टी हाल पार्टी एकीकरणको प्रक्रियामा भने पूर्व माओवादीको तर्फबाट केही प्रतिशत बढेको छ ।
अाजकाे नेपाल समाचारपत्रमा समाचार छापिएकाे  छ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....