भक्तपुरकाे गार्इजात्रा (फाेटाेफिचर)

भक्तपुर, भाद्र ११ ।
अाज गार्इजात्रा । काठमाडाैं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा भव्य रूपमा मनाइएकाे छ । गार्इजात्रा मनाउने सबैकाे अा–अाफ्नै तरिका रहेका छन् ।
गार्इजात्रा एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना र्इलाकामा नगर परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेकाे छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
यसैबीच, भक्तपुरमा पनि अाज हरेक वर्ष झैँ यस वर्ष पनि गार्इजात्रा धूमधामसँग मनाइएकाे छ । भक्तपुरकाे गार्इजात्रा हेर्न काठमाडाैं, ललितपुरलगायत विभिन्न स्थानका व्यक्तिहरू पुगेका छन् । हेराैँ फाेटाेफिचरमा ।
प्रतिक्रिया