ललितपुरकाे प्रसिद्ध जात्रा नृसिंह जात्रा भाेलि सुरु हुँदै

प्रकाशित मिति: १४ भाद्र २०७५, बिहीबार १९:१२


ललितपुर, भाद्र १४ ।
काठमाडाैं, ललितपुर र भक्तपुर कला, संस्कृति र परम्पराकाे धनी भनेर चिनार्इ रहनु अावश्यक छैन । यी तीन शहरलगायत अासपास क्षेत्रमा अा–अाफ्नै पाैराणिक जात्रा पर्वले अाफ्नाे स्थानलार्इ मात्र नभर्इ देश–विदेशमा समेत यिनै जात्रा पर्वका कारण प्रख्यात रहेकाे छ । यसैबीच, हरेक वर्ष मनाइँदै अाइरहेकाे ललितपुरको प्रख्यात जात्रा प्राचीन नृसिंह जात्रा यसपटक भाेलि देखाइने भएकाे छ । प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने उक्त जात्रा यसपटक ललितपुर मंगलबजारनजिक रहेकाे प्रख्यात ठाउँ पट्को टोलबाट सुरु हुन लागेकाे हो ।

ललितपुरका राजोपाध्याय ब्राम्हण समुदायबाट ज्येष्ठताको आधारमा पालो चलाइने उक्त जात्रा यसपटक पट्को टोल निवासी ध्रुवज्वालानन्द शुक्ल राजोपाध्यायज्को घरबाट सञ्चालन हुन लागेको हो । जसकाे पालो पर्छ उनकै घरबाट जात्रा सुरु गरी त्यहीँ सम्पन्न गर्ने परम्पराअनुसार यस वर्षका पालो परेका ७८ वर्षीय ध्रुवज्वालानन्द शुक्ल राजोपाध्यायको घर पट्कोबाट जात्रा सञ्चालन हुन लागेकाे हो ।

उपाकर्म गुठी ललितपुरबाट सञ्चालन गर्दै अाइरहेकाे उक्त जात्रामा पालोवालाको पुरोहित अथवा ज्वाइँ अथवा भाञ्जा नरसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात सापारु रुटमा परिक्रमा गराउने प्रचलन रहेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि जात्रामा धिमय् बाजाको टोली, विभिन्न झाँकी, भजनलगायतबाट जात्राको रौनक थप झल्किने गरेकाे गुठीले जनाएको छ ।

ललितपुरमा कार्तिक नाचको एक र अर्को उपालकं सायाःका गरी दुर्इ नृसिंहका रूप रहेका छन् । कार्तिक नाचका नृसिंहलाई उग्र रूपमा लिइन्छ भने उपालकं सायाःका नृसिंहलाई शान्त स्वभावका नृसिंहको रूपमा लिने गरिन्छ ।

विश्व शान्तिको कामना गर्दै मनाइने उक्त जात्रा सफलतापूर्वक सम्पन्न भएमा देशलाई दैवी–प्रकोप आदिबाट रक्षा हुने, रोगव्याधीबाट भक्तजनहरूको रक्षा हुने जनविश्वास समाजमा रही आएको छ । करिब तीन सय ८७ वर्षसम्मको प्रमाण देखिएको साे जात्रा यसअघि नै सञ्चालन भइसकेको र यसभन्दा अगाडिका ऐतिहासिक प्रमाणहरू समयको कालखण्डमा मेटिएको वा मेटाइएको हुनसक्ने विज्ञहरूको भनाई रहेको छ ।

जात्राकाे परिक्रमा हुने विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूकाे ठाउँ–ठाउँमा विसर्जन गरी पूजा पाठ गर्नुका साथै बालबालिकाहरूलार्इ ढाेगाउने चलन रहेकाे छ । नगर परिक्रमा गर्ने क्रममा सबैभन्दा अगाडि भजन खलकहरू, लाखे त्यसपछि अप्सराहरू र अन्तिममा नृसिंह हुन्छ । नृसिंहकाे दायाँ बायाँ लक्ष्मी र सरस्वतीसँगै रहेकी हुन्छन् ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....