लपुमनपा १६ वडा कार्यालयले सेवाको नाममा रोग बाँड्दै !

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार १५:२८


ललितपुर, भाद्र १८ ।
ललितपुर महानगरपालिका वडा नं. १६ स्थित तरकारी बजारमा रहेको वडा कार्यालयले जनतालाई सेवाको नाममा रोगको किटाणु बाँड्दै रोगको शिकार बनाउने तयारी थालेको महशुस जनताले गर्न थालेका छन् । आफ्नै कार्यालयको प्राङ्गणमा बाटो नै बन्द हुने गरी फोहोरको डुंगुँर थुपारेको सुन्दा जो कोहीँलाई पनि अचम्म लाग्न सक्छ । तर, वास्तविकता यहीँ नै रहेको छ ।

ललितपुर वडा नं. १६ मा अवस्थित कार्यालय रहेकै स्थानमा सस्तो तरकारी बजारसमेत रहेको छ । जहाँ जो कोहीँ पनि पुगेको हुन्छ नै । तर, चलनचल्तीमा रहेको बाटो नै बन्द हुने गरी फोहोरको डुंगुँर थुपारेको महिना दिन बित्न लाग्दासमेत फोहोरको उचित व्यवस्थापन गर्न नसकेकोमा स्थानीयहरू अचम्ममा पर्ने गरेका छन् । वर्षात्को मौसम छ, त्यसमाथि तरकारी बजार जहाँ स–साना बालबालिकादेखि वृद्धवृदासमेत तरकारी किन्न त्यहीँ जाने गर्दछन् । तर, वडा कार्यालयले त्यसतर्फ ध्यान नदिएको प्रति तरकारी बजारमा सटर लिएर पसल सञ्चालन गर्दै आइरहेका व्यावसायी र त्यहीँ बाटो भएर आवत–जावत गर्ने स्थानीयहरूले व्यङ्गसमेत गर्ने गरेका छन् ।

वडा कार्यालयकै प्राङ्गणमा यस्तो फोहोरको डुंगुँर थोपारेको एक महिना बित्न लाग्दासमेत वडाध्यक्षज्यूले के हेर्दै बसेका छन् ? ‘१६ वडाअन्तर्गत विभिन्न स्थानमा ईट्टा छाप्ने र ढुङ्गा छाप्ने कार्य तीब्र रूपमा सञ्चालन र सम्पन्न’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्दै राम्रो कार्य, धन्यवाद र वाहवाही पाइरहेका वडाध्यक्षज्यूले आफ्नै कार्यालयमा त्यसरी फोहोरको डुंगुँर लामो समयसम्म थुपारिँदा जनमानसमा के असर पर्ला भन्ने कुराको हेक्का भने किन राख्न सकिएन ?

‘त्यहीँ फोहोरको डुंगुँरले बाटोसमेत बन्द भएपछि व्यापारमा कमी हुँदै गइरहेको छ । तर, पनि ग्राहक आउने आशामा भने पसल खोल्ने गरेकी छु’ नाम भन्न नरुचाउने व्यावसायीले आफ्नो गुनासो पोखिन् ।

वर्षात्को मौसममा पनि यसरी फोहोरको डुंगुँर थुपारे राख्दा आसपास र बाटोमा हिँड्ने पैदल यात्रु र तरकारी बजारमा पसल आउने ग्राहक र स्थानीयमा रोगको संक्रमण फैलिने सम्भावनासमेत बढी रहेको छ । तर, पनि वडाध्यक्ष र वडा कार्यालयका अन्य कर्मचारीको यसतर्फ ध्यान नगएको हो वा वास्तै नगरेको हो या त समाधान गर्न विकल्प खोज्दै हो ?

वडा कार्यालयले जनताको घरदैलोमा र टोल–टोलमा ढुङ्गा छाप्ने र ईट्टा छाप्ने जस्ता सर्‍हानीय कार्य गर्न सक्ने तर, फोहोर जस्तो गम्भीर कुरालाई व्यवस्थापन गर्न सीसीटिभी एउटाको व्यवस्था गर्न किन सकेन कि त्यसतर्फ पनि ध्यान दिन नसकेको हो कि ?

त्यसैले जनताले अमूल्य भोट दिएर स्थानीय प्रतिनिधि छनौट गरेको कुरालाई मध्यनजर गरी सम्बन्धित निकाय, वडाध्यक्षज्यू र वडा सदस्यज्यूहरूले पनि यसमा समयमै उचित कदम चाल्नु अत्यावश्यक छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....