अध्यक्ष महर्जनकाे नेतृत्वमा भ्याट खारेजी र थ्रेसहाेल्ड कायम गर्न ज्ञापन

ललितपुर, असाेज ४ ।
नेपाल कपडा तथा सिलार्इ व्यावसायी संघ ललितपुर जिल्ला कार्यसमितिका अध्यक्ष पूर्ण महर्जनकाे नेतृत्वमा अान्तरिक राजश्व ललितपुरका प्रमुखलार्इ भेटेर कपडासहितकाे टेलरिङ व्यावसायलार्इ लगाएकाे अनिवार्य भ्याटकाे खारेजी र थ्रेसहाेल्ड कायम गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल कपडा तथा सिलार्इ व्यावसायी संघ ललितपुर जिल्ला कार्यसमितिकाे केहीँ समय अगाडि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा मच्छिन्द्र टेलर्सका प्राेप्रार्इटर पूर्ण महर्जनसहित १२ जनाकाे कार्यसमितिसमेत गठन गरिएकाे थियाे। जसअन्तर्गत संघकाे उपाध्यक्षमा निरा महर्जन, सचिव समिल प्रजापति, सह–सचिव नगिना श्रेष्ठ, काेषाध्यक्ष प्रेमकृष्ण महर्जन निर्वाचित भएका थिए । त्यसैगरी, सदस्यमा क्रमशः अाशिष शाक्य, चन्द्रबहादुर नेपाली, राजबहादुर महर्जन, सर्जिव शाक्य, दिलकुमार महर्जन, सुस्मिता मानन्धर र माेसिन अलि नियुक्त भएका थिए ।
संघकाे पहिलाे बैठकमा चियापानसँगै भावी कार्ययाेजना, कार्यालय नियमित सञ्चालन गर्नेलगायत विषयमा छलफल भएकाे थियाे । संघकाे दाेश्राे बैठक यहीँ साेमबार बस्ने निर्णय भएकाे अध्यक्ष महर्जनले जानकारी दिएका छन् ।
प्रतिक्रिया