‘तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५’को उपाधी करुणामय मेटल क्राफ्टले हात पारे

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १६:५४


काठमाडौं, असोज ७ ।
कठिन जितकासाथ समूह चरण पारगरी सेमिफाइनल प्रवेश गरेका करुणामय मेटल क्राफ्टले तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५ को उपाधी हात पारेका छन् ।

ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा करुणामयले फोरेगो ट्रेडिङलाई टाईब्रेकरमा ३–२ गोलले पराजित गरेका थिए ।


निर्धारित समयसम्म दुबै टिमले गोल गर्न सकेका थिएन । त्यसअघि भएको सेमीफाइनल खेलमा करुणामयले बंगलामुखी फर्निचरलाई १–० गोलले तथा फोरेगोले साहिल मेटल क्राफ्टलाई टाइबे्रकरमा ३–१ गोलले पराजित गरी फाइनलमा प्रवेश गरी निर्धारित समयसम्म दुबै टिमले एक–एक गोल गरेका थिए ।


विजेता तथा उपविजेता टिमलाई नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्ष्।क ठूले राई, समाजका अध्यक्ष रविन्द्र राज ताम्रकार, उपसमितिका संयोजक सजेश ताम्रकार, प्रतियोगिताका संयोजक अभिन ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । विजेता तथा उप विजेताले नगद पुरस्कार रु १०,०००/– तथा रु ५,०००/– प्राप्त गरे । प्रतियोगिता यहि भाद्र २३ र ३० तथा असोज ६ गते सम्म सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा भएको थियो । प्रतियोगितामा दशवटा उद्योग कम्पनीहरूले टिम प्रायोजन गरेका थिए ।


प्रतियोगितामा साहिल मेटलका लिउसन राजकर्णिकार उच्च गोलकर्ता, फोरेगोका सानिध्य चित्रकार उत्कृष्ट गोलकिपर, फोरेगोकै सुभाषिश ताम्रकार प्रेसिडेन्सियल च्वाइस तथा करुणामयका दिनेश ताम्रकार उत्कृष्ट खेलाडी घोषित भए ।

उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार तथा ट्रफीबाट सम्मानित गरीएको थियो । त्यस्तै सोहि दिन महिलाहरूको मैत्रीपूर्ण खेल तथा अण्डर १४, अण्डर १० का प्रदर्शन खेलहरू पनि भएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....