यू–१६ काे अन्तिम खेलमा नेपाल र मलेशियाबीच खेल बराबरीमा

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १८:४८


काठमाडाैं, असाेज ७ ।
जारी रहेकाे एएफसी यू–१६ महिला च्याम्पियनशीप छनाैट खेलअन्तर्गत अाज भएकाे अन्तिम खेलमा नेपाल र मलेशियाबीचकाे खेल बराबरी सम्पन्न भएकाे छ । अाज भएकाे खेलमा नेपाल र मलेशियाले ४–४ गोलको बराबरी खेले खेलका छन् ।

स्वयम्भूस्थित हल्चोकमा रहेकाे एपीएफ क्लबको मैदानमा भएकाे उक्त खेलमा मलेशियाले लिएको सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी खेल प्रदर्शन गर्दै अंक बाँडेर लिन सफल भएका हुन् ।

नेपालका लागि कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले एक–एक गाेल गरेका थिए भने एक गोल उपहार पाएकाे थियाे । मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गरेकी थिइन् भने नरुल नबिलाले एक गोल गरेकी थिइन् ।

याेसँगै छनाैटको समूह ‘ई’ मा रहेको नेपालले एक खेल पनि नजितेर प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा फिलिपिन्ससँग ४ विरुद्ध शून्य गाेलले पराजित भएको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११–१ गाेलले पराजित हुन पुगेकाे थियो ।

प्रतियोगिताबाट म्यानमारले दोस्रो चरणको यात्रा तय गरेको छ । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५–१ गाेलले हराएर म्यानमार पहिलो भएको छ ।

उसले ३ खेलबाट ९ अंक जोड्दै अपराजित यात्रा कायम राख्याे । यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्सले उपबिजेता बनेकाे छ । दोश्राे चरणको छनाैटबाट चौथो हुने टोलीसम्मले थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनशीपमा सहभागिता जनाउन पाउने छ ।

अाठ देशको सहभागिता हुने प्रतियोगितामा आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनाैट भईसकेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यून चापीय.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....