अब खाली आकाशमुनि बस्नु पर्ने अवस्था छैन : मन्त्री राई

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १८:५०


टीकापुर, असाेज ७ ।
शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले अब कोही पनि नेपाली खाली आकाशमुनि बस्नुपर्ने अवस्था नरहने बताएका छन् ।

टीकापुर सभाहलको आज टीकापुरमा उद्घाटन गर्दै मन्त्री राईले सङ्घीय सरकारले आवाससम्बन्धी विधेयक पास गरी सकेकाले चाँडै स्थानीय तहमार्फत लागत सङ्कलन गरी आवासविहीनलाई वासको व्यवस्था गर्ने जानकारी दिएका छन् ।

उनले स्थानीय सरकार आइसकेकाले शहरी विकास ऐन नआउँदासम्म नगर विकास समितिको जिम्मा स्थानीय तहलाई दिइने बताए । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सभाहलले टीकापुरमा सभा समारोह सञ्चालन गर्न सहज हुने बताएका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीको रु पाँच करोड १४ लाखको लागतमा निर्माण भएको सभाहलको क्षमता ४५० जना अट्ने रहेको टीकापुर नगर विकास समितिका सदस्य सचिव सुरेशकुमार वाग्लेले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....