ठूलो परिमाणमा भारतीय रुपैयाँसहित एक जना पक्राउ

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १९:०५


धनगढी, असाेज ७ ।
बोराभित्र भारतीय रुपैयाँ राखेर नेपाल ल्याउँदै गरेका कैलालीको लम्कीचुहा नगरपालिकाका कृष्ण जोशीलाई उक्त रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ ।

दक्षिणी क्षेत्रको भजनी नगरपालिका–३ मैरनिया नाका हुँदै भारतबाट नेपाल आउँदै गरेका जोशीको साथमा रहेको सामान सशस्त्र प्रहरी बल उग्रतारा गण टीकापुरको टोलीले जाँच गर्ने क्रममा बोराभित्र विभिन्न दरका भारु नोट फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

बरामद भएका भारु नोट ठूलो परिमाणमा रहेको बताइए पनि कति रुपैयाँ छ र ती नोट नक्कली वा सक्कली भन्नेबारे प्रहरीले जानकारी दिइएको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित एक कोइला खानीमा दुर्घटना हुँदा.....