विकास निर्माणका हरेक काममा सबैलाई समावेशी गराउनुपर्छ : मन्त्री रावल

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १९:२६


वीरेन्द्रनगर, असाेज ७ ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावलले विकासका हरेक तहलाई समावेशी बनाउन सकिएमात्रै विकास सम्भव हुने बताएका छन् ।

विकास निर्माणका कामहरु गर्दा हरेक जाति वर्ग र क्षेत्रको समावेशी विना विकास गर्न नसकिने मन्त्री रावलले बताए । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित न्याय, समानता र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)को प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री रावलले भने, “समावेशी विना विकास असम्भव छ, विकास निर्माणका हरेक काम गर्दा सबैलाई समावेशी गराउनुपर्छ ।”


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....