जनता दुःख र पीडामा, अनि मुलुक समृद्ध !

प्रकाशित मिति: २९ कार्तिक २०७५, बिहीबार १४:२७


– मनिषा अाचार्य, काठमाडाैं ।
देशलार्इ स्वर्ग बनाउँछु, समृद्ध बनाउँछु भन्दै भाषण गर्ने कुरा अब कसैकाे लागि यहाँ नाैलाे कुरा रहेन । मुलुकलार्इ अार्थिक समृद्धितर्फ उन्मुख गराउँछु भन्दै सार्वजनिक स्थलमा भाषणबाजी गर्दैमा मुलुक न त समृद्धितर्फ लम्किन्छ न त स्वर्ग नै बन्छ । सडक विस्तार गर्दै बाटाे चाैडा गर्दैमा न त विकास नै हुन्छ । विकास गर्न सुरुमा जनताकाे जिउधनकाे सुरक्षा अावश्यक छ, जनताकाे दुःख र पीडामा मलम लगाउन सक्नु पर्छ, अनि बन्छ मुलुक समृद्ध । हाेइन भने, दशकाैँदेखि कैयाैँ नेता अाए दर्जनाैँ प्रधानमन्त्री बने मुलुकमा एउटा सिन्काे भाँचेकाे ज्वलन्त उदाहरण यहाँ देखाउन मुश्किल नै छ ।

जनता यहाँ दिनहुँ डर, त्रास, दुःख र पीडामा बाँचिरहेका छन् तर, पनि मुहारमा नक्कली हाँसाे र खुशी फिजाएर बाँच्न यहाँ बाध्य छन् । वास्तविक हाँसाे देख्न यहाँ गाह्रै छ । वास्तविक रूपमा पीडाबाट मुक्त र दुःख नहुनेकाे संख्या यहाँ हेर्ने हाे भने सयमा एक प्रतिशत पाउन पनि मुश्किल नै हुन्छ । तर, याे दुःख र पीडा सरकारले कहिल्यै बुझिन । खाली कार्यक्रमकाे प्रमुख अतिथी बन्याे, ठूलठूला भाषण ठाेक्याे अनि दिउँसै सपना देखार्इ दियाे सक्याे । जनताकाे इच्छा के छ ? भनेर कहिल्यै काेहीँ नेताले सार्वजनिक स्थलमा भाषण दिँदा जनताकाे समस्या के–के छ हामी समाधान गर्दिन्छाैँ भनेर कहिल्यै साेध्न भ्याएन । त्यसकाे काेहीँ कसैलार्इ मतलब छैन । प्रमुख अतिथी बन्याे अायाेजक संस्थाकाे बयान गर्याे सक्याे । दिनमा १० वटा कार्यक्रम राख्दा पनि जान भ्याउँछन् तर, जनताकाे एउटा गुनासा सुन्न भ्याउँदैन । जनतासँग अाँखा जुधाएर कहिल्यै त्यसकाे भाव बुझ्ने चेष्टा गरिएन ।

जनता कुन अवस्थामा बाँचिरहेका छन् ? कस्ताे समस्या झेलिरहेका छन् ? नेता र मन्त्रीहरूलार्इ त्यसकाे एक रट्टी पनि त्यसकाे हेक्का छैन । यहाँका नेता र मन्त्री सबै ‘अाफू भलाे त जगत् भलाे’ भन्नेमा विश्वास गर्दै अगाडि बढ्ने गरेका छन् । जनताले गुनासा पाेखे अाश्वासन दिने हाे अनि ‘रात गर्इ बात गर्इ’ भने जस्तै त्याे गुनासाका फाइल सबै कि त डराजमा बन्द हुन्छ कि त टाेकरीमा फालिन्छ । जनता भने यहाँ केहीँ राम्रै परिणाम अाउला कि भनेर बसेका हुन्छन् तर, परिणाम ‘अाकाशकाे फल अाँखा तरी मर’ भने जस्तै हुन्छ सक्याे ।

जबसम्म जनताकाे वास्तविक पीडालार्इ बुझेर यहाँका नेता र माननीय मन्त्रीज्यूहरूले जनताकाे भावनालार्इ कदर गरेर मन मष्टिकमा बास बस्न सकिँदैन तबसम्म मुलुक अब समृद्धितर्फ उन्मुख भइसक्याे भनेर जतिसुकै भाषण ठाेके तापनि त्याे कुरामा मात्र सीमित हुने हाे । अार्थिक समृद्धि गर्ने नै हाे भने जसरी चुनावताका बेला जनताकाे घर–दैलाेमा गएर १० अाैँला जाेडेर एउटा भाेटकाे लागि भिख मागेका थियाै त्यसरी नै यहाँहरूकाे अमूल्य मतले मलार्इ जितायाैँ अब भन्नुस् यहाँहरूकाे समस्या के छ ? मैले के गर्नु पर्याे भनेर दुर्इ हात जाेडेर घर–दैलाेमा जाँदैनाैँ तबसम्म मुलुक समृद्धितर्फ हाेइन अन्तै माेडिन धेरै समय लाग्दैन । यहाँ कसकाे गिद्दी नजर हाम्राे मुलुकतिर छ त्यसकाे हेक्का जनताले बुझेका छन् तर, बुझ्नु पर्नेले बुझेर पनि बुझ बचाएर अानन्दले अाफ्नाे ढुकुटी भरेर रमाएर बसेका छन्, मिलीजुली सरकार बनाएर मिलीजुली जनताकाे अंश बाँडेर लुछाचुँडी गरी बसेका छन् । अनि मुलुक समृद्धितर्फ उन्मुख छ भनेर जनतालार्इ दिउँसै तारा देखाएर रमाउन सफल यहाँका नेता र मन्त्रीलार्इ जनताले कसरी विश्वास गर्ने ? यहाँ जनता भाेकै मराेस्, पाटीकाे बास हाेस्, कैयाैँ नेपाली चेली बलात्कारकाे शिकार हाेस् । नेता र मन्त्रीहरूलार्इ यसकाे कुनै मतलब छैन । देखेर पनि नदेखे जस्तै अाँखामा कालाे चश्मा लगायाे सकियाे । सुनेर पनि नसुने जस्तै कानमा तेल हाल्याे दिन बित्याे सकियाे । अनि फेरी कार्यक्रमकाे प्रमुख अतिथी बनायाे फेरी त्यहीँ भाषण दियाे, महिना मर्याे तलब खातामा जम्मा भयाे सकियाे दिनचर्या ।

जनताकाे ढाड सेक्ने गरी मूल्यवृद्धि, कर वृद्धि गर्दै जनतालार्इ जसरी हुन्छ साेस्ने । कानून नियम कडाभन्दा कडा बनाउने अनि गरिब र निमुखा जनतालार्इ नियममा बाँध्ने । ठूलालार्इ चयन गरिब जनतालार्इ एेन । यसरी नै हुन्छ यहाँ मुलुक समृद्धि अनि विकास । जय हाेस् मन्त्रीज्यूहरूकाे । जनता यहाँ भाेकभाेकै मरुन् या बाँचुन् कसैलार्इ त्यसकाे मतलब छैन । नेता र मन्त्रीलार्इ बिहान अाँखा खाेल्न पाएकाे हुँदैन प्रमुख अतिथी बनेर कार्यक्रममा सहभागिता जनाउन हतार हुन्छ । बिहानकाे मिरमिरेदेखि राति अबेरसम्म कार्यक्रम, सभा र मिटिङमै व्यस्त, यहाँ जनता भने अाफ्ना गुनासाहरू सुन्न नेता, मन्त्री अाउला र अाफ्नाे दुखेसाे पाेखुँला अनि सुखसँग बाँचुला भनेर ढुकेर बस्छन्, तर, दिन रात बित्छ जनताकाे समस्या ज्युँकाे त्युँ, नै हुन्छ । त्यसैले जनतालार्इ पहिलाे प्राथमिकतामा राखेर अगाडि बढे मुलुक समृद्धतर्फ लम्कन पाँच वर्ष कुर्नु अावश्यक छैन । जब जनता नै यहाँ सुखी छैन भने मुलुकलार्इ समृद्ध गरेर कसका लागि विदेशी दलालहरूलार्इ देखाएर अनुदानमा पैसा असुलेर बाँडीचुँडी खानलार्इ नै हाे कि ? त्यसकारण यहाँ अब जनता पनि हातमा हात बाँधेर हाेइन, हातमा हात मिलाएर अाफ्नाे हक अधिकार छिन्न पछि पर्नु हुँदैन । जनता भलाे त देश त्यसै भलाे हुन्छ । त्यसै समृद्ध बन्छ । त्यसैले अाजै जनता जागरुक भर्इ जनताकाे राेजी राेटी खाेसेर खाएकाहरूलार्इ सचेत गराउन सबै नेपाली एक भर्इ देशलार्इ बचाउँ । जय नेपाल ।


प्रतिक्रिया

ताजा खबर

More

गरिमा विकास बैंकद्वारा नयाँ वर्षमा ग्राहकलाई दराजबाट सामान खरिदमा १५% सम्म छुट

काठमाडौं, चैत २२ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास.....