अन्तर्राष्ट्रिय एक फुटबल खेलाडीको गोली हानी हत्या

प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार ०९:४०


काठमाडौं, बैशाख ५ ।
अन्तर्राष्ट्रिय फुटबल खेलाडीको दर्जा पाएका पानामाका आमिल्कर हर्नाण्डेजको गोली हानी हत्या गरेको छ । उनी त्यहाँका राष्ट्रिय टोलीका ३३ वर्षीय मिडफिल्डरको गत शनिबार घरबाट बाहिर निस्किने क्रममा हतियारसहित आएका केहीँ अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका थिए ।

कोलोन क्षेत्रमा भएको यो घटनामा मिडफिल्डर हर्नाण्डेजलाई थुप्रै गोली लागेको प्रहरीले बताएको छ । घटनामा अन्य दुई घाइते भएका थिए । हत्या अस्पतालनजिकै भएको बताइएको छ । राष्ट्रपति हुँवा कार्लोस भारेलाले हत्याको कडा शब्दमा भत्र्सना गरेका छन् । उनले हत्यामा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन कोलोनका अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

सन् २०१८ को विश्वकप छनौटमा संलग्न पानामाको टोलीमा हर्नाण्डेज पनि समावेश रहेका छन् । उनी अमेरिकाविरुद्ध १–१ गोलले बराबरी खेलमा २० मिनेट मैदानमा उत्रिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....