पत्याउनु हुन्छ ? स्वास्थ्य चौकीमा औषधि खुवाउन पानी सापटी !

प्रकाशित मिति: २७ पुष २०७३, बुधबार ०२:५८


काठमाडौं, पुस २७ ।
राजधानीमा अहिले पानीको अभाव विस्तारै कम हुँदै गएको छ । तर, राजधानीभन्दा केही किलोमिटरको दूरीमा भने पानीकै हाहाकारले बिरामीलाई औषधि खुवाउनसमेत धौ धौ परेको छ ।

काभ्रेको कोशीपारी क्षेत्रमा रहेको माझीफेदा स्वास्थ्य चौकीमा पानीको चरम अभाव श्रृजना भएको छ । जसका कारण बिरामीलाई औषधि खुवाउनसमेत पानी सापटी लिएर गर्जो टार्न बाध्य भएका छन् ।

स्थानीय स्वास्थ्य चौकीका इञ्चार्ज रहेका उमेश ढकालले सेवाग्राहीको भन्दा पनि बिहान बेलुकी स्वस्थ खानेपानीको व्यवस्था कसरी गर्ने भन्ने चिन्ताले सताउने गरेको बताए । १२ वर्षअघि जनश्रमदानबाट निर्माण गरिएको स्वास्थ्य चौकीमा अझैसम्म पानीको व्यवस्था हुन नसकेको उनी बताउँछन् ।

पानी उपलब्ध नभएकै कारण स्वास्थ्य चौकीमा चेक जाँच गर्न आउने बिरामीलाई पानी खुवाउन सक्ने अवस्थासमेत नरहेको उनले बताए । पानी अभावकै कारण शौच गर्नसमेत झाडीतिर पठाउनुपर्ने बाध्यात्मक अवस्था रहेको इञ्चार्ज ढकालले बताए ।

स्वास्थ्य चौकीमा कार्यालय सहयोगीसहित करिब छ जनाको दरबन्दी रहेको छ । तर, अहिले तीन जना मात्र कार्यरत रहेका छन् । भएका कर्मचारीहरू पनि पानी बोक्न टाढा–टाढासम्म पुग्नुपर्ने भएपछि झनै अप्ठ्यारो भएको उनीहरूको भनाई छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....