मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षड्यन्त्र भइरहेको छ : अध्यक्ष ओली

प्रकाशित मिति: २७ पुष २०७३, बुधबार १०:३०


दमक, पुस २७ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशबासीले भोग्नु परेको धारणा व्यक्त गरेका छन् ।

उनले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गर्दै सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख कार्की जस्तै अपुग भएको तुलना गरे ।

झापाको दमकमा आज प्रेस चौतारीद्वारा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले यो सरकारले राष्ट्रको हितमा काम गर्न नसक्ने दाबीसमेत गरेका छन् । जसरी लोकमान नाङ्गिए त्यसरी नै वर्तमान सरकार जनताकाबीच आफैँ नाङ्गिँदै गएको उनको दाबी थियो ।

यो सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले भने, ‘सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनुको साटो संविधान संशोधनको बहानामा अल्झिएर मुलुकलाई द्वन्द्वमा धकेल्न मात्र उद्धृत भएको आरोप लगाउँदै निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उनले मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षड्यन्त्र भइरहेको छ ।’

वर्तमान सरकारले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए तापनि त्यो कुनै हालतमा पारित हुन नसक्ने कुरा दोहोर्‍याउँदै उक्त विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेशी नेताको हितका लागि ल्याइएको धारणा राखे । उनले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिनेसमेत बताए ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....